प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले गरेका थिए ।
हुम्ला मै भएका उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पुर्याउने उद्देश्यका साथ उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय, हुम्लाको आयोजनामा आजदेखि प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला २०८१ शुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन गर्दै जिल्लामै औद्योगिक उत्पादन वृद्धि गरी स्थानियस्तरमा उत्पादीत वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने र जिल्लामा स्थापित साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । स्थानिय उत्पादन भन्दा आयातित सामान तथा बस्तुको आकर्षण बढेका कारण पछिल्लो समय स्थानिय उत्पादन तथा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको प्रमुखा शर्माले बताए ।
प्रदर्शनी अवधिमा जेष्ठ १२ गतेसम्म हुने र प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पुर्याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरु ल्याई लक्षित उद्योगीहरुसम्म पुर्याउने ब्यबस्था मिलाउनु पर्ने हो । उद्योग तथा उपभोक्ताहित संरक्षण कार्यालय, हुम्लाले मात्र नभई जिल्लाको औद्योगीक बिकासका लागि सबै मिलेर हातेमालो गर्नु पर्ने सिमकोट गाउँपालिकाकमा अध्यक्ष बिजय भण्डारलिे बताए ।
स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म पुर्याउन सकियो भने हुम्लाकोे व्यापार घाटा कम हुने हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । हुम्ला जिल्ला धेरै सम्भावनाहरु बोकेको जिल्ला भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्त्वपूणर् भूमिका खेल्न सक्ने र औद्योगिक प्रदर्शनीमा कृषिजन्य, हस्तकला र काष्टकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा यस मेलाले सघाउने उनले बताए ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
# Slider
८ जेठ, २०८२
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न
३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४
मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा सम्पन्न
# Slider
११ असार, २०८१
हुम्ला— सोमबार हुम्ला सदरमुकाम सिमकोटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलीत मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक
.jpeg)



प्रतिकृया दिनुहोस