पहिलो गोल्डकपको इतिहास रच्ने दाउमा सिम ब्वाइज र ठेहे
हुम्ला — हुम्लामा जारी प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सिम ब्वाइज क्लब र ठेहे फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार सम्पन्न सेमिफाइनलमा आ–आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै दुवै टोलीले फाइनल यात्रा तय गरेका हुन्।
पहिलो सेमिफाइनलमा सिम ब्वाइज क्लबले नाम्खा फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो। दोस्रो सेमिफाइनलमा भने ठेहे फुटबल क्लबले भटभटे फुटबल क्लबलाई ४–२ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो।
दुवै सेमिफाइनलमा विजयी भएका टोली अब शनिबार दिउँसो हुने फाइनलमा पहिलो गोल्डकपको उपाधिका लागि आमनेसामने हुनेछन्। प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने दुवै टोलीका लागि फाइनल प्रतिष्ठाको प्रतिस्पर्धासमेत बनेको छ।
जिल्लाभरका १६ क्लब सहभागी प्रतियोगितामा टोलीहरूलाई चार समूहमा विभाजन गरी लिग चरणका खेल सञ्चालन गरिएको थियो। समूह चरण पार गर्दै नकआउट चरणमा पुगेका टोलीबीचको प्रतिस्पर्धापछि सिम ब्वाइज र ठेहेले फाइनलमा स्थान बनाएका हुन्।
प्रतियोगिताको विजेता टोलीले एक लाख १५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। जिल्लामा फुटबल खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र स्थानीयस्तरमा खेलकुद गतिविधि विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिताको आयोजकमा दिगो विकास युवा क्लब र रानी वन युवा क्लब रहेका छन्। पहिलो गोल्डकपको उपाधि कसले जित्ने भन्ने निर्णय शनिबारको फाइनल खेलले गर्नेछ।
पेनाल्टी सुटआउटमा सिम ब्वाइजलाई हराउँदै ठेहे फुटबल क्लबले जित्यो प्रथम गोल्डकपको उपाधि
# रास्ट्रिय
२९ कार्तिक, २०८३
हुम्ला — पेनाल्टी सुटआउटसम्म पुगेको रोमाञ्चक फाइनलमा सिम ब्वाइज क्लब सिमकोटलाई पराजित गर्दै ठेहे फुटबल क्लबले दिगो विकास–रानीवन प्रथम गोल्डकप
छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा, सोमबार सरकारी कार्यालय बन्द
# रास्ट्रिय
२९ कार्तिक, २०८३
हुम्ला — छठ पर्वको धार्मिक परम्परा र व्रतालुहरूको सुविधालाई ध्यानमा राख्दै सरकारले पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
हुम्लाको अस्पतालमा चिकित्सक छन्, उपचार छैन; सरकारको भर हेलिकप्टरमा, पाँच दिनमा तीन महिलाको उद्धार
# रास्ट्रिय
२८ कार्तिक, २०८३
हुम्ला — जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गर्न सक्ने चिकित्सक छन्। अस्पतालको भवन, शय्या र आवश्यक उपकरण पनि छन्। तर शल्यक्रियाका लागि अनिवार्य




प्रतिकृया दिनुहोस