३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले सोमबार ल्याएको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ हजारको बजेट प्रस्तुत गरिएको छ । जसमा संघिय वित्तिय समानिकरण अनुदान रु ६ करोड १९ लाख, संघिय सर्शत अनुदान रु १४ करोड ९१ लाख ९१ हजार, संघिय विषेश अनुदान रु १ करोड ५० लाख र संघिय राजस्व बाँडफाड रु ५ करोड ६१ लाख गरी जम्मा रु ७ करोड ५१ लाख ९१ हजारको बजेट प्रस्तुत गरे ।
यसैगरी प्रदेश समानिकरण अनुदान ६२ लाख ३० हजार, प्रदेश सर्शत अनुदान रु ६ करोड ५६ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान रु १ करोड ७८ लाख, प्रदेश विशेष अनुदान रु ५० लाख र प्रदेश राजस्व बाँडफाँड रु ५ लाख २५ हजार गरी ९ करोड ५० लाख ३३ हजार तथा आन्तरिक राजस्व २० लाखको अनुमान सहित बजेट प्रस्तुत गरिएको छ ।
सामाजिक विकासको शिक्षा तर्फ संघिय ससर्त अनुदान रु ८ करोड १२ लाख ३० हजार, गाउँपालिकाको अनुदान रु २ करोड रकम बिनियाजन गरिएको छ भने स्वास्थ्य तथा पोषणका लागि संघिय सर्शत अनुदान रु १ करोड ७० लाख ९९ हजार, गाउँपालिकाको अनुदानबाट १ करोड ५० ललाख रकम विनियिोजन गरिएको छ । महिला बालबालिका तथा समाजकल्याण तर्फ घाइते अपांगता र द्धोन्द पिडितहरुको लागि आयआर्जन सुधार तर्फ ३५ लाख तथा खानेपानी क्षेत्र तर्फ रु ८५ लाख, युवा खेलकुद तथ संस्कृति क्षेत्रमा २० लाख रकम विनियोजन गरेको उपाध्यक्ष थापाले बताए ।
सोमबार गाउँसभामा प्रस्तुत बजेटमा आर्थिक विकास क्षेत्रको कृषि तथा पशुपालन तर्फ संघिय सरकार सर्शत अनुदानबाट ३७ लाख ७६ हजार र गाउँपालिकाको अनुदानबाट ८१ लाख १९ हजार रकम विनियोजन गरेका छन् भने स्थानीय उद्योगका क्षेत्रमा संघिय सर्शत अनुदानबाट १३ लाख र गाउँपालिकाको अनुदानबाट २० लाख, भौतिक पुर्वाधार क्षेत्र तर्फ संघिय सरकार सर्शत अनुदानबाट करिब ३ करोड, प्रदेश सरकारको सर्शत अनुदानबाट करिब ९ करोड र गाउँपालिकाको अनुदानबाट २ करोड रकम विनियोजन गरिएको छ ।
यसैगरि वन तथा वातावरण क्षेत्रमा ३० लाख, सुशासन,सार्वजनिक सेवा तथा क्षामता विकास क्षेत्रमा २० लाख, न्याय,कानुन तथा मानव अधिकार क्षेत्रमा १५ लाख, सुचना तथा सञ्चारको क्षेत्रमा २० लाख, शान्ति शुरक्षा व्यवस्थापनको क्षेत्रमा २ लाख, मर्मत संभार तथा विविध क्षेत्रमा ८० लाख, गाउँपालिकाको पुराना विभिन्न दायित्वका क्षेत्रमा २ करोड, जनप्रतिनिधिहरुको सेवा सुविधा स्थायी कर्मचारीहरुको तलब भत्ता तथा अन्य भत्तामा २ करोड ४५ लाख, इन्धन खर्चमा ३० लाख, कार्यालय मसलन्द तथा व्यवस्थापन खर्चमा ७० लाख, अनुगमन मुल्यांकन भ्रमण खर्च र अतिथि सत्कारमा ३० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमका क्षेत्रमा उपाध्यक्षसँग युवा रोजगार कार्यक्रम नाम राखेर ८१ लाख र श्रमको सम्मान राष्टको अभियान रोजगार संवाद मञ्च तर्फ १३ लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
# Slider
८ जेठ, २०८२
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न
प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर
मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा सम्पन्न
# Slider
११ असार, २०८१
हुम्ला— सोमबार हुम्ला सदरमुकाम सिमकोटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलीत मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक
.jpeg)



प्रतिकृया दिनुहोस