• ८ मङ्सिर २०८३ सोमबार/ Monday 11-23-2026
  • स्टुडियो टाईम : ०३:०५

छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा, सोमबार सरकारी कार्यालय बन्द

|

हुम्ला — छठ पर्वको धार्मिक परम्परा र व्रतालुहरूको सुविधालाई ध्यानमा राख्दै सरकारले पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार देशभर सार्वजनिक बिदा हुने जनाएको हो ।

मन्त्रालयका अनुसार यस वर्ष छठ पर्व कात्तिक २९ गते आइतबार परेको छ। सरकारले यसअघि नै छठ पर्वका दिन सार्वजनिक बिदा दिएको थियो। तर छठको मुख्य धार्मिक विधि दुई दिनसम्म चल्ने परम्परा रहेकाले पर्वको भोलिपल्टसमेत बिदा दिने निर्णय गरिएको हो ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा छठ पर्वको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले सोही परम्पराअनुसार कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले २०८३ कात्तिक २७ गते जारी गरेको सूचनामार्फत सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक बिदासम्बन्धी निर्णय सार्वजनिक गरेको हो । यस निर्णयसँगै छठ पर्वको अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ। सोमबार सरकारी कार्यालय तथा सार्वजनिक निकायका नियमित सेवा बन्द रहनेछन् ।

प्रतिकृया दिनुहोस

पेनाल्टी सुटआउटमा सिम ब्वाइजलाई हराउँदै ठेहे फुटबल क्लबले जित्यो प्रथम गोल्डकपको उपाधि

# रास्ट्रिय

२९ कार्तिक, २०८३

हुम्ला — पेनाल्टी सुटआउटसम्म पुगेको रोमाञ्चक फाइनलमा सिम ब्वाइज क्लब सिमकोटलाई पराजित गर्दै ठेहे फुटबल क्लबले दिगो विकास–रानीवन प्रथम गोल्डकप

पहिलो गोल्डकपको इतिहास रच्ने दाउमा सिम ब्वाइज र ठेहे

# रास्ट्रिय

२८ कार्तिक, २०८३

हुम्ला — हुम्लामा जारी प्रथम गोल्डकप जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि सिम ब्वाइज क्लब र ठेहे फुटबल क्लबबीच प्रतिस्पर्धा हुने

हुम्लाको अस्पतालमा चिकित्सक छन्, उपचार छैन; सरकारको भर हेलिकप्टरमा, पाँच दिनमा तीन महिलाको उद्धार

# रास्ट्रिय

२८ कार्तिक, २०८३

हुम्ला — जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गर्न सक्ने चिकित्सक छन्। अस्पतालको भवन, शय्या र आवश्यक उपकरण पनि छन्। तर शल्यक्रियाका लागि अनिवार्य

फोटो ग्यालरी

↑