तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न बिज्ञसहितको टोली पहिरो गएको ८औ दिनमा हुम्ला पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशील कुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली बिहिबार बिहान हुम्ला सुदरमुकाम सिमिकोट आएको हो । टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहाद्र जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बास्कोटा रहेका छन् ।
विज्ञहरुको टोली हुम्ला आउने भनेर मंगलबार काठमाडौंबाट नेपालगञ्ज प्रस्थान गरेको थियो । हवाइ टिकट नपाएर नेपालगजमै रोकीएको अध्ययन टोली बिहिबार सिमकोट पुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । घटनाको कारण अध्ययनका लागि सिमकोट पुगेको टोली आजै प्रभावित स्थल तिलगाउँतर्फ लागेको छ ।
बिनाबर्षा एक्कासी बाढी आउदा स्थानयिबासी अचम्बति भएका छन । यसरी बाढी आउनुको कारण तिलगाउँ भन्दा झन्डै ५३ सय ५० मिटरको उचाइ अर्थात् सगरमाथा आधार शिविरकै उचाइमा रहेका २ वटा ताल भासिएर पहिरो आएको स्थानीयले बताएका छन । पहिरो गएको ८औ दिनमा सरकारले घटनाको अध्ययन गर्न एक टोली हुम्ला पुगेको हो ।
प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर
३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४
मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा सम्पन्न
# Slider
११ असार, २०८१
हुम्ला— सोमबार हुम्ला सदरमुकाम सिमकोटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलीत मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक
.jpeg)



प्रतिकृया दिनुहोस