मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा सम्पन्न
हुम्ला— सोमबार हुम्ला सदरमुकाम सिमकोटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलीत मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले मानवअधिकार संग सम्वन्धित घटनाहरु संकलन गर्दै सो कार्यक्रम गरेको हो ।
इन्सेकको प्रतिवदन अभिलेख अनुसार जिल्लामा अझै मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूमा न्युनिकरण नभएको पाइएको छ । इन्सेकले बार्षिक रुपमा दुई पटक गर्ने समिक्षा कार्यक्रम मार्फत जिल्लाका सरोकावाला निकाय समक्ष सञ्चालन गर्दै आएको समिक्षा कार्यक्रमले हुम्लाको मानव अधिकारको अवस्था के कस्तो छ भन्ने प्रस्ट हुने गरेको इन्सेकको प्रतिनिधि नन्द सिंहले बताए ।
सो कार्यक्रममा ०८० पुस १७ गतेदेखि ०८१ असार १० गतेसम्म ६ महिनाको अवधिमा सङ्कलन गरिएका १० ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित दुई ओटा, मानव बेचविखन तथा ओसारपसारको एक, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका चार ओटा, बहु विवाहको एक र आर्थिक तथा सामाजिक अधिकारका दुई ओटा घटना प्रस्तुत गरिएको हो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दैे भौगोलिक विकट्ताका बाबजुद पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गर्नुमा सराहनीय कार्य गरेको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले बताए ।
सोमबार सिमकोटको मानसरोवर होटेलमा जिल्ला बार एयसोसियनका सचिव राजन चन्दको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माको प्रमुख अतिथ्यता सञ्चालन भएको कार्यक्रममा सारोकारवाला निकायका प्रमुख एबं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
# Slider
८ जेठ, २०८२
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न
प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर
३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४
.jpeg)



प्रतिकृया दिनुहोस