• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०९:२६

नाम्खा ३ मा पहिलाे पटक गाडी पुग्दा जीप र चालकलाई भब्य स्वागत

|

हुम्ला - नाम्खा गाउँपालिका- ३ को लामा खोल्सीमा पहिलो पटक गाडी पुगको छ । गाडी पुगेपछि स्थानीयले जीप र चालकलाई  भब्य स्वागत गरेका छन । खगालगाउँको तल पट्टी निर्माण ब्यवसायीले कणर्ाली नदी माथि काठे पुल निर्माण गरेपछि लामा खोल्सीमा गाडी पुग्न सफल भएको हो । हाम्रो आँखा अगाडी यसर गाउँमा गाडी ग्छ भन्ने कल्पना पनि थिएन । हामीले नसोचेको कुरा गाडी गाउँमा पुगेपछि चालक, निर्माण ब्यवसायी र गाडीलाई स्वागत गरिएको स्थानिय तन्जन तामाङले बताए । उनले आफ्ना दिनमा यसरी गाउँमा यात्रु बोकेर गाडी आई पुग्ला भनेर सोचेको पनि थिएन । तर बिकास गरेपछि त्यो संभव हुने रहेछ । दुई वर्ष अघि नै उक्त गाउँ जोड्ने किसिमले सडक निर्माण भए पनि कणर्ाली नदीमा पुल निर्माण नभएको कारण गाृउँमा गाडी गुड्न सकेको थिएन । निर्माण ब्यवसायी कुलबहादुर लामाले कणर्ाली नदीमा पुल निर्माण गरेसंगै नाम्खा गाउँपालिकाको ३ नम्बर वडा तीन वटाबस्ती र सिमकोट गाउँपालिका चार वटा बस्ती सडक संजानमा जोडिएका छन । सडक बने पनि कणर्ाली नदिमा पुल नहुदा सडकको पहुँचमा नजोडीएका सिमकोट ८ र नाम्खा ३ का बस्तिहरुमा अब सडकको पहुँच पुगेको सिमकोट ८ का वडा अध्यक्ष कमल बुढाले बताए । हिल्सा सिमकोट सडक आयोजनाको आर्थिक सहयोगमा कणर्ाली नदीमा अस्थायी काठेपुल निर्माण गरेर गाउँगाउँमा गाडी पुर्याउन सफल भएको निर्माण ब्यवसायी कुलबहादुर लामाले बताए । अब ती गाउँगाउँमा यातायात सेवा सुचारु भएपछि यसबाट नाम्खा गाउँपालिकाको ३ का तीन वटा बस्ती र सिमकोट गाउँपालिका ८ का चार वटा बस्तीका सात सय घरधुरीका स्थानीय लावान्भित हुने भएका छन । हिल्सा सिमकोट सडक आयोजनाको आग्रहमा निर्माण ब्यवसायीले नदी माथि पुल निर्माण गरेर यातायातका साधन सञ्चालन हुन थाले पनि निर्माण ब्यवसायीले भने पुल निर्माण गरे वापतको भुक्तानी  भने अहिलेसम्म नपाएको गुनासो गरेका छन  ।

प्रतिकृया दिनुहोस

तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा

# Slider

८ जेठ, २०८२

हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न

प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू 

# Slider

११ असार, २०८१

हुम्ला  -  हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर

३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न

# Slider

११ असार, २०८१

हुम्ला  -  हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले  आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४

फोटो ग्यालरी