खार्पुनाथ गाउँपालिकाद्धारा सामुदायिक बिद्यालय र प्रहरी चौकीलाई स्टेचर
हुम्ला - खार्पुनाथ गाउँपालिकाले प्रहरी चौकी र सामुदायिक बिद्यालयहरुलाई स्टेचर सहयोग गरेको छ । गाउँपालिकाभित्र रहेका ५ वटा मावि र २ वटा प्रहरी चौकीलाई प्राथमिक उपचारमा सहज होस भन्ने ध्येयका साथका एक, एक थान स्टेचर वितरण गरिएको गाउँपालिकाका प्रबक्ता एबं ५ नं. वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए ।
विद्यालय क्षेत्रमा स्टेचर अभाबले विद्यार्थी र आसपासका ग्रामीणवासीलाई स्वास्थ्य क्षेत्रमा भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै मागको आधारमा प्रहरी र बिद्यालयलाई स्टेचर सहयोग गरेको शाहीले बताए ।
यसअघि बिद्यालयमा कोही बिरामी हुदा होस या आकस्मिक घटनामा प्रहरीले बिरामी तथा घाईतेका उद्धार गर्न होस स्टेचर नभएर समस्या भोग्दै आएका बिद्यालय र प्रहरी चौकीलाई खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको सहयोगमा स्टेचर प्रदान गरेकाले बिद्यार्थी र प्रहरीको सो समस्या समाधान हुने भएको छ ।
प्रहरीले आफूसंग हाल भएको स्टेचर पुरानो भइ काम नलाग्ने भएका कारण बिरामी तथा घाईतको उद्धार गर्न समस्या भई रहेको बेला नयां स्टेचर प्राप्त भएसंगै हामीलाई काम गर्न सहज हुने प्रहरी चौकी याङचुले जनाएको छ । स्टेचर गाउँपालिकाकबा अध्यक्ष कणर्बहादुर रावल, उपाध्यक्ष ज्ञानबहादुर सिंह र प्रमुख प्रशासकिय अधिकृत बिष्णुबहादुर शाहीले संयुक्तरुपमा ५ वटै माबिका प्रधानाध्यापक र २ वटा प्रहरी चौकीका ईन्चार्जलाई हस्तान्तरण गरेका थिए । अब बिद्यालयमा कोही बिरामी भए उपचारका लागि अस्पताल लैजान सहयोग पुग्ने मान्धारा माबिका प्रधानाध्यापक दिलबहादुर शाहीले बताए । मंगलबार पालिका केन्द्र याङचुमा भएको पुणर्खोप सुनिश्चितता गाउँपालिका घोषणा कार्यक्रमका साथ सामुदायिक विद्यालयका अलावा स्थानीय प्रहरी चौकीलाई पनि एक थान स्टेचर प्रदान गरिएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
# Slider
८ जेठ, २०८२
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न
प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर
३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४
.jpeg)



प्रतिकृया दिनुहोस