• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०९:२७

मुगु घटना ६ दिन बित्यो, हत्याको ‘क्लु’ भेटिएन

|

हुम्ला—अशोज ८ गते मन्दु गाउ“मा एक घरका आमा र तीन सन्तान शंकास्पद अवस्थामा मृत भेटिएका थिए । दसैंको टीका थाप्न मंगलबार बालबच्चासहित माइतीमा गएकी २८ वर्षीया श्रीदेवी बोहरा भोलिपल्ट घर फर्केकी थिइन् ।
घरमा ताला लगाइरहेका अवस्थामा उनीसहित ७ महिने छोरा रहर, ८ वर्षीया छोरी अप्सरा र ११ वर्षीय छोरा मनोज बोहरा मृत अवस्थामा मृत फेला परेका थिए । घरमा चहलपहल नदेखेपछि छिमेकीले उनीहरुको खोजी गरेका थिए । ताला फोरेर भित्र हेर्दा उनीहरुलाई रगताम्य अवस्थामा मृत भेटिएपछि प्रहरीलाई खबर गरिएको मुगु प्रहरीले  जनाएको छ ।
घटना अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय नै मुगुमा केन्द्रित छ । सो घटनाका लागि सुर्खेत र जुम्लाबाट छुट्टाछुट्टै टोली खटाएको छ । प्रहरी टोलीमा कुकुरलाई समेत लगिएको छ । प्रदेश प्रहरी प्रमुख डीआइजी भीमप्रसाद ढकाल थप अनुसन्धान टोली लिएर आफैं पनि घटनास्थल पुगेका छन् ।
कुकुरले समेत ‘क्लु’ पाउन सकेको छैन । ८ गते घटना भएको भएपनि प्रहरीलाई १० गते मा थाहा भयो । कुकुरसहितको टोली ११ गते आइपुग्यो  ढिला भई सकेकाले गर्दा कुकुरलाई अपराधी पत्ता लगाउन समय लागेको हो । प्रहरीले गाउ“लेस“ग सोधपुछ गर्नुका साथै घटनास्थलमा प्रमाणका रुपमा भेटिनसक्ने सबै सामान नियन्त्रणमा लिएको छ । ‘अनुसन्धानका सबै विधि अपनाइएको छ । गाउ“लेस“ग सोधपुछ गरिरहेका छौं, केही पत्ता नलागेको मुगु प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए ।

प्रतिकृया दिनुहोस

तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा

# Slider

८ जेठ, २०८२

हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न

प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू 

# Slider

११ असार, २०८१

हुम्ला  -  हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर

३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न

# Slider

११ असार, २०८१

हुम्ला  -  हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले  आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४

फोटो ग्यालरी