कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन ।
जनकबहादुर शाही
सुर्खेत फागुन १ । सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन एबं १४ औ बार्षिक साधारण सभा आजबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसर पारेर सामुदायिक रेडियो प्रसारक संघ, अकोरावकोे आयोजनामा सम्मेलन भएको हो । सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले गरिरहेको काममा सामुदायिक रेडियोको साथ आवश्यक रहेको बताए । ऊर्जा, कृषि, सञ्चार, सुशासनलगायत आठवटा विषय सरकारको प्राथमिकतामा रहेको मन्त्री बास्कोटाको भनाइ छ । सरकारले समानुपातिक विज्ञापन नीति ल्याएको र सबै सञ्चार माध्यमलाई सरकारले समान व्यवहार गरिरहेको भन्दै सरकारले चाँडै नै मिडिया काउन्सिल विधेयक ल्याउने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अरु प्रदेश भन्दा कर्णाली प्रदेश कुनै हिसावले गरिब नभएको तर यहाँको सोँचाईको स्तर राम्रो बनाउन आवश्यक रहेकोे कर्णालीको रूपान्तरणको लागि सामुदायिक रेडियोहरूको महत्वपूर्ण भूमिका रहेको बताए । कर्णाली सम्भावनाले भरिएको प्रदेश भएकाले तीनै सम्भावनाको खोजीमा यो प्रदेशको उन्नती र प्रगतीमा सामुदायिक रेडियोहरूले प्रदेश सरकारलाई सहयोग गर्नु पर्ने र हरेक जिल्लामा खोलिएका सामुदायिक रेडियोहरू आफ्नो भूमिका बारे पनि प्रष्ट हुनुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा पूर्वमन्त्री एबं नेपाली काँग्रेसका नेता हृदयराम थानीले कर्णाली प्रदेशमा देशभरिका सामुदायिक रेडियोकर्मीहरू जम्मा हुनुले आधारभूत आवश्यकताको लागि सङ्घर्ष गरिरहेको प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउन सामदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताए भने नेता नेकपा योगेश भट्टराईले सामुदायिक रेडियोको सन्दर्भमा ऐनको आवश्यकता परे पार्टीको तर्फबाट सरकारलाई दवाव दिन आफूहरू तयार रहेको बताए ।

सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष, सुवास खतिवडाले सामुदायिक रेडियोको अभियानमा नेपालको इतिहास र वर्तमान गौरवपूर्ण रहेको प्रस्ट पार्दै नेपालमा सामुदायिक रेडियोहरूको प्रशारण सुरु भएको २१ वर्ष पुगि सक्दा पनि अहिले सम्म सामुदायिक रेडियो सञ्चानलको नीति बन्न नसक्नु दुखको कुरा भएको र सामुदायिक रेडियोहरूलाई अब कसरी न्याय गर्न सकिन्छ भनेर सरकारले सोँच्नु पर्ने बेला आएको अध्यक्ष खतिवडाले बताए । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीलाई समृद्ध बनाउनका लागि सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन एबं १४ औ बार्षिक साधारण सभाको उद्दघाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले दमाहा बजाएर र पानसमा बत्ती बालेर गरेका थिए ।
तिल पहिरोको कारण पत्ता लगाउन विज्ञको टोली हुम्लामा
# Slider
८ जेठ, २०८२
हुम्ला - हुम्लाको हिमाल पारीको तिलमा जेष्ठ १ गते राती आएको बाढी पहिरोको कारण अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुगेको छ । घटनाको कारण पत्ता लाग्न
प्रथम हुम्ला औद्योगिक प्रर्दशनी मेला सुरू
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकोटमा प्रथम औद्योगिक प्रर्दशनी मेला सुरू भएको छ । मंगलबारदेखि सुरू भएको प्रर्दशनी मेलाको उद्घाटन पानसमा बत्ति बालेर
३८ करोड ७२ लाख बजेटसहित ताँजकोट गाउँपालिकाको गाउँ सभा समपन्न
# Slider
११ असार, २०८१
हुम्ला - हुम्ला सदरमुकाम सिमकाेट देखि दक्षिणी क्षेत्रमा रहेकाे ताँजाकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८१। ०८२ का लागि ३८ करोड ७२ लाख २४
.jpeg)



प्रतिकृया दिनुहोस