जनताको हातमा नपरेको विकास
हुम्ला - विकासको आधुनिक व्याख्या र मान्यताअनुरुप नेपालमा विकास गर्न लागेको धेरै भएको छैन । दुर्गम कणर्ाली प्रदेश लाई सुगम बनाउने र गाउँलाई शहरमा बदल्ने कोशीस जारी छ । सैद्धान्तिक रुपमा जे भएपनि व्यवहारिक रुपमा यहाँ विकास कसका लागि भएको छ ? विकासका केन्द्रविन्दुमा को रहेको छ ? भन्ने खोतल्नु जरुरी छ । सबैले विकास जनताका लागि जनताद्धारा हुनुपर्दछ भनी ॅजनता’ शब्दलाई नाराको रुपमा लिएका छन् । वास्तविक जनता को हुन् ? जनताको परिभाषा र प्राथमिकता स्पष्ट भएको पाइदैन । यहाँ शासकले शासितलाई, सम्पन्नले विपन्नलाई, शिक्षितले अशिक्षितलाई, शक्तिवानले निर्धोलाई, सुविधावालाले अभाववालालाई, नेताले कार्यकर्तालाई, बाठोले लाटालाई, माथिल्लोले तल्लोको लागि विकास गरेको झैं देखिन्छ । जनता स्वयंले आफ्नो समस्या पहिचान गर्ने, योजना छनौट गर्ने, कार्यान्वयन गर्ने, मूल्यांकन गर्ने र विकासको प्रतिफल समान रुपले वितरण भएको पाइदैन । यहाँको विकासले जनताको जीवनस्तर परिवर्तन गरेको देखिदैन । विकास योजनाका केन्द्रमा अब टाठावाठा सम्पन्न भन्दा पिछडिएका विपन्न वर्ग र वास्तविक जनता राख्नुपर्छ । जनकेन्द्रित विकास बाटै समाजको आवश्यकता पूर्ति, मानव सम्बृद्धि र दिगो विकासका आधारहरु तयार गर्न सकिन्छ ।
कणर्ाली प्रदेशमा परम्परा देखि नै सामुदायिक तहमा जनता केन्द्रित विकासका कार्यक्रमहरु सञ्चालन हुदै आएको पाइन्छ । परम्परागत मौलिक संस्थाहरु पर्मा, झारा, गुठी, हली, खेताला, कल्याणकारी सेवा आदिले जनताको सेरोफेरोमा रहेर आवश्यकता अनुरुप काम गर्दे र विकासका क्रियाकलापहरु सञ्चालन हुदै आएको पाइन्छ । वर्तमान समयमा विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन भएपनि जनतालाई विकासको केन्द्र विन्दुमा राख्न सकेको र वास्तविक आवश्यकताहरु पूर्ति गर्न सकेको देखिदैन । सन् १९८२ मा विकेन्द्रीकरण ऐन अन्तर्गत विकासमा उपभोक्ता समुहको गठन गर्ने अवधारणालाई जोड दिइएको थियो । जुन जनता एवं समुदाय केन्द्रित रहेको छ । तर यो प्रभावकारी र प्रतिफलमुखी बन्न सकेको छैन । यहाँ उपभोक्ता समितिको नाममा भएको जनताको सहभागिताले विना लाईसेन्सको ठेकेदार भई विकासलाई पैसा कमाउने माध्यम बनाएको छ । विकास हचुवाको भरमा भएकोछ, खन्चुवाको पेटमा परेको छ । कणर्ाली प्रदेशमा विकास शंकाको घेरामा रहन पुगेकोछ । यहाँ पिछडिएका समुह, वर्ग, जाती, उत्पीडित वर्गको आर्थिक, शैक्षिक, सामाजिक, राजनैतिक, प्रशासनिक क्षेत्रमा पहुँच हुन सकेको छैन । सामाजिक नेता टाठा बाठा, शिक्षित र भलाद्मी हुँ भन्नेहरुको हातमा विकास परेको छ । जसको निम्ति योजना सञ्चालन गरिएको हो, उनीहरुको अवस्था जर्जर र दयनीय बन्न पुगेको देखिन्छ । विकासको लागि जनता वरिपरि घुमेपनि जनताको वरिपरि विकास घुमेको पाइदैन । जनताको हातमा विकास परेको देखिदैन।
विकासका समस्याहरु दिन प्रतिदिन जटिल बन्दै गएका छन् । आर्थिक एवं प्राविधिक पक्षमा विश्वव्यापीकरणको लहर चलेपनि, विश्व एक गाउँ बन्दै गएपनि विश्वका हरेक ठाउँमा विकासको एउटै नीति, अवधारणा, कार्यक्रम एवं मोडेल कार्यान्वयन हुन सक्दैनन् । ठाउँलाई हेरी, जनतालाई बीचमा पारी विकास गर्नुपर्दछ । सन् १९५० को दशक पछि आर्थिक बृद्धि, आधारभूत आवश्यकताको पूर्ति, मानवीय विकास लगायत विभिन्न सिद्धान्तहरु देखापरेपनि ती सिद्धान्तहरुले गरीव पिछडिएका क्षेत्रको खासै जीवनस्तरमा सुधार ल्याउन सकेनन् । जनतालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन सकेनन् । जनतालाई विकासको केन्द्रविन्दुमा राख्न सकेनन् । विकासका कार्यमा जनतालाई केन्द्रविन्दुमा राख्नुपर्छ भनेर सर्वप्रथम सन् १९८५ मा माईकेल सेरेनाले “पुटिङ पिपल फस्र्ट” भन्ने अबधारण ल्याएका थिए । यी अवधारणाले विकासका प्रत्येक कार्यक्रममा जनतालाई पहिलो प्राथमिकता दिने र प्रत्येक आयोजनाका प्रत्येक चरणमा जनताको शसक्त सहभागिता रहनुपर्ने तथ्यमा जोड दिएकोछ । यसमा नीति निर्माता, विभिन्न प्राविधिक, योजनाकार, दाता र सम्वन्धित जनताको समन्वयका आधारमा मात्र विकासमा जनताको प्राथमिकता निर्धारण गरिएको हुन्छ । जनताको भावनालाई समेटिएको हुन्छ । प्रत्येक कार्यक्रम समाजका विपन्न र पिछडिएका वर्गलाई नै केन्द्रित गरी तय गरिएको हुन्छ । जुन कणर्ाली प्रदेश र नेपालको सैद्धान्तिक नभई व्यवहारीक आवश्यकता हो ।
विकासको योजनाकार, सञ्चालक र उपभोक्ता सबै त्यहाँका जनताहरु हुनुपर्छ । जसले गर्दा आफ्नो गाउँठाउँको विकास कसरी गर्न सकिन्छ भन्ने प्रयासमा लागि पर्दछन् । विकासका कार्यहरुमा जनसहभागिता बढ्छ । अपनत्व र स्वामित्व हुन्छ । यहाँ राज्यद्धारा निर्देशित विकासका साथै गैह्रसरकारी संस्थामा आधारित र बजार केन्द्रित विकासले सामाजिक स्तरिकरण गरेको छ । धनी गरीब बीच दुरी बढाएकोछ । विकासले हुने खाने वर्गलाई पोषेको छ, हुदा खाने कमजोर वर्गलाई शोसेको देखिन्छ । जनताहरु स्वावलम्बी हुनुको सट्टा बढी परिनिर्भर बनाएकोछ । जनतालाई विकासको अग्रस्थानमा नराखी जनताको नाममा विकासे कार्यकर्ता, निर्देशक दातृराष्ट्र, कर्मचारी, नेता, बुद्धिजीवी, दाताहरु, समन्वयकर्ता एवं बाहिरियाहरु नै विकासको केन्द्रविन्दुमा रहेर योजना वा कार्यक्रमहरु सञ्चालन भएका छन् । विकासको नाममा विकास भएको पाईन्छ । अब विकासको पहिलो तहमा जनतालाई नराखेमा, विकासको केन्द्रविन्दुमा जनता नपारेमा, जनताको आवाज र आवश्यकता नसमेटिएमा, जनताको समस्यासँग केन्द्रित रहेर विकासका कार्यक्रमहरु अगाडि नबढाएमा कणर्ाली प्रदेशका साथै नयाँ नेपालको विकासले कोल्टे फेर्न गाह्रो छ ।
विकासका योजना सञ्चालन गर्दा स्थानीय श्रोत र साधनहरुलाई पनि अधिकतम प्रयोग गरी जनताको भावनानुसार स्वयं जनताहरुले समस्या पहिचान, योजना तर्जूमा, कार्यान्वयन, मूल्यांकन गरी विकासको प्रतिफल समानरुपले बाड्नुपर्छ । विकासका लागि ठूला ठूला लगानीहरु मात्र आधार होइनन् । जनताले पहिलो प्राथमिकता पाउनुपर्छ । जनता अनपढ, निर्वल, असक्षम, अल्छी, गरीव, चेतनाविमुख, असहभागी, पहुँच नभएका सोच्नु भन्दा पनि यिनीहरु गाउँ ठाउँको विकासका लागि जानिफकार, विशेषज्ञ, सक्रिय र विकासप्रेमी हुन्छन् भन्ने बुझ्नुपर्छ । नत्र भने विकासमा अन्यको भूमिका हावी भई विकास तल बाट नभई माथिबाट लादिएको हुन्छ । जुन कणर्ाली प्रदेशले भोगिरहेको छ । कणर्ाली प्रदेशको विकासमा जनता केन्द्रविन्दुमा नहुदा र जनताको हातमा विकास नपर्दा विकासमा समस्या आएको छ । विकासको बजेट बालुवामा पानी हालेझै भएको छ । विकासको केन्द्रविन्दुमा जनता ल्याउन स्थानीय सरकारले जोड दिनुपर्छ,। सार्वजनीक निणर्य प्रक्रियामा पारदर्शिता हुनुपर्छ, स्थानीय जनताको लगानी बढाउनुपर्छ । सहमति, सहकार्य र सहभागितालाई जोड दिनुपर्छ, शिक्षामा लगानी गर्न उच्च प्राथमिकता दिनुपर्दछ । स्थानीय श्रोत बचत र सामाजिक शक्तिको परिचालन गर्न प्राथमिकता दिनुपर्दछ । जनता र सरकारबीच बलियो सम्बन्ध हुनुपर्दछ, समाजको यथार्थता र जनताको प्राथमिकतालाई बुझ्नुपर्दछ । यी कार्यहरु गर्न केही अप्ठ्याराहरु देखिएपनि असम्भव भने छ्रैन । जनता केन्द्रित विकासले सामाजिक जीवन इत्यादि जनतालाई प्रदान गरी विकासको गति एवं प्रगति कुन तहमा रहेको छ सो को मूल्यांकन गर्ने वातावरण तय गर्दछ । जनतामा आफ्नो विकास आफै गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ । तसर्थ, विकासको केन्द्रविन्दुमा जनता पर्नुपर्दछ । जहाँ कणर्ाली प्रदेश त के सिङ्गो नेपालको विकासको केन्द्रविन्दुमा जनता परेको देखिदैन । अनि जनताको हातमा विकास परेको पाइदैन । फलस्वरुप, विकासको नाममा अविकास बढेको छ । बजेट भाषण र शासनमा हुने गरेको छ । झयाल र ढोकाबाट योजनाहरु आउने गरेका छन ।
लेखक बसन्त राेकाया मानसराेवर बहुमुखि क्यापम्पस हुम्लाका पुर्ब क्यापम्पस प्रमुख हुन ।
हिमालबाट उठ्दैछ महिला फुटबलको नयाँ सपना
# विचार/अन्तरबार्ता
११ श्रावण, २०८३
सिमकोट - हुम्लाको परिचय प्रायः दुर्गमता, हिमाल, सीमावर्ती भूगोल र पूर्वाधार अभावसँग जोडिन्छ। तर यस पटक यो हिमाली जिल्ला अर्को कारणले चर्चामा आउन
खार्पुनाथ मन्दिर, महिमा र महत्व
# विचार/अन्तरबार्ता
१५ मङ्सिर, २०८०
यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ ।
अध्यक्ष सिंह गरे खानेपानीको पाइप सहयोग
# विचार/अन्तरबार्ता
१२ मङ्सिर, २०८०
हुम्ला -अदानचुली गाउंपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले खानेपानीको पाइप सहयोग गरेका छन् । आईतबार एक कार्यक्रमका बीच अध्यक्ष सिंहले अदानचुली-४ को
.jpeg)



प्रतिकृया दिनुहोस