• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०९:२७

पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

|

हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय हुम्लाले पहिलोपटक आफ्नो वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरिएका काम, सेवा प्रवाह र प्रशासनिक उपलब्धिहरू खुला रूपमा सार्वजनिक गर्दै कार्यालयले पारदर्शी, जवाफदेही र नागरिकमैत्री प्रशासन निर्माणतर्फ नयाँ अभ्यासको सुरुआत गरेको हो।

जिल्लाका सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालय हुम्ला र इलाका प्रशासन कार्यालय सर्केगाडबाट एक वर्षमा २ हजार २ सय ९१ जनालाई नयाँ नेपाली नागरिकताको प्रमाणपत्र जारी गरिएको छ। यस अवधिमा २ हजार ६७ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन्। आमाको नामबाट वंशजका आधारमा १ जनाले नागरिकता प्राप्त गरेका छन् भने २ जनालाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएकोप्रमुख जिल्ला अधिकारी भोलानाथ होमागाईले बताए ।

सीमावर्ती जिल्ला हुम्लामा सीमापास सेवाको आवश्यकता निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ। आर्थिक वर्षभर २ हजार ४ सय ६४ वटा नयाँ सीमापास जारी गरिएको छ भने १ हजार ४ सय ३९ वटा सीमापास नवीकरण गरिएको छ। यसरी एक वर्षमै ३ हजार ९ सय ३ वटा सीमापाससम्बन्धी सेवा प्रवाह भएको छ।

राहदानी सेवाअन्तर्गत ३ सय ६५ वटा आवेदन संकलन गरिएकोमा ३ सय ५४ वटा राहदानी वितरण गरिएको छ। राष्ट्रिय परिचयपत्र कार्यक्रमअन्तर्गत २ हजार ८ सय ८२ वटा कार्ड वितरण गरिएका छन् भने १ सय ४ वटा नाबालक परिचयपत्र जारी गरिएको छ। त्यस्तै, ७ सय ४५ वटा विभिन्न प्रकारका सिफारिस जारी गरिनुका साथै ५ वटा संस्था दर्ता र ८ वटा हातहतियारको इजाजतपत्र नवीकरण गरिएको कार्यालयले जनाएको छ।

न्याय प्रशासनतर्फ दर्ता भएका ११ मुद्दामध्ये ५ वटा फर्छ्यौट भइसकेका छन् भने ६ वटा प्रक्रियामै रहेका छन्। यस्तै, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ७ जना गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरी जीवनरक्षा गरिएको कार्यालयले जनाएको छ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कुमार चन्दले नाम्खा गाउँपालिकाका हिल्सा, यारी, तुमकोट र यालवाङमा सञ्चालन गरिएको अस्थायी सीमापास शिविर प्रभावकारी बनेको जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमार्फत ५८ जनालाई नयाँ सीमापास जारी गरिएको तथा ३ सय ४२ जनाको सीमापास नवीकरण गरी जम्मा ४ सय नागरिकलाई आफ्नै गाउँमा सेवा उपलब्ध गराइएको थियो। दुर्गम बस्तीमै पुगेर सेवा दिन थालेपछि नागरिकको समय, खर्च र सास्ती उल्लेखनीय रूपमा घटेको उहाँले बताउनुभयो।

प्रगति विवरण सार्वजनिक कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रशासनिक सेवालाई अझ छिटो, सहज, प्रविधिमैत्री र नागरिकमैत्री बनाउन डिजिटल प्रणालीको विस्तार, घुम्ती सेवा नियमित सञ्चालन तथा दुर्गम बस्तीमा सेवा पहुँच थप विस्तार गर्न सुझाव दिएका छन्।

यसअघि सार्वजनिक रूपमा वार्षिक कार्यसम्पादन विवरण सार्वजनिक गर्ने अभ्यास नभएको जिल्ला प्रशासन कार्यालय हुम्लाले पहिलोपटक यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। यसलाई स्थानीय प्रशासनमा सुशासन, पारदर्शिता, सार्वजनिक उत्तरदायित्व र नागरिकप्रतिको विश्वास अभिवृद्धि गर्ने महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ। दुर्गम हिमाली जिल्लामा सेवा प्रवाहको वास्तविक अवस्था नागरिकसमक्ष खुला रूपमा प्रस्तुत गर्ने यो अभ्यास आगामी वर्षमा अझ प्रभावकारी र संस्थागत हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा 

# रास्ट्रिय

९ श्रावण, २०८३

हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको

शिक्षक हराए, राज्य निदायो !

# रास्ट्रिय

७ श्रावण, २०८३

हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा

बी.पी.को विचारलाई व्यवहारमा उतार्न जोड, भावी पुस्ताको भूमिकामाथि कांग्रेसमा गहन बहस

# रास्ट्रिय

६ श्रावण, २०८३

  हुम्ला - ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाले "नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी पुस्ता" विषयक

फोटो ग्यालरी