• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : १०:२३

अध्यक्ष सिंह गरे  खानेपानीको पाइप सहयोग

|
अदानचुली गाउंपालिका-४ लाैंठीका बाढी पहिराे पिडितलाइ खानेपानीकाे पाइप हस्तान्तरण गर्दै अध्यक्ष मोहनबिक्रम सिंह

हुम्ला -अदानचुली गाउंपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहले खानेपानीको पाइप सहयोग गरेका छन् । आईतबार एक कार्यक्रमका बीच अध्यक्ष सिंहले अदानचुली-४ को लौठी गाउंमा बिगत ३ महिनादेखि बन्द खानेपानी सुचारु गर्न पाइप सहयोग गरेका हुन । 
बाढी पहिरोकोमा उक्त गाउँको खानेपानीको पाइप लाइन बगाएर पिउने पानीको समस्या भएको बेला अध्यक्ष सिंहले पाइप सहयोग गरेको अदानचुली गाउँपालिकाले जनाएको छ ।  
भदौ ४ गतेको बाढी पहिरोले खानेपानी पाइप लाइनमा क्षति हुदा बन्द भएका खानेपानीका धारा सुचारु गर्न सुर्खेतबाट आफैले  ३ क्वायल (गुण्टा) पाइप ढुवानी गरेर लौठीका स्थानियसीलाई उपलब्ध गराएका हुन् । पाईप पाएलगतै पहिरोले बगाएकोठाउमा नायां पाईप जडान गरे पछि ३ महिनादेखि १ घण्टा समय लगाएर खोलाको पानी पियदै आएका लौठीबासी घरआंगानमै रहेका धारामा पानि आउने भएको छ । अबको एक हप्ता भित्र नयां पाइप लाइन खन्ने र पाइप गाड्ने कार्य गरि गाउमा पानि झार्ने काम गरिने स्थानीय कालीप्रशाद जैसीले बताए ।
आईतबार गाउंमै पुगेर बाढी पहिरोपिडितहरुलाई खानेपानीको पाइप  बितरण गरेका पछि  लौंठीका स्थानीय वासिन्दालाई हालको खानेपानीको समस्या समाधान हुनेछ । अबिरल बर्षाका कारण भदौंमा आएको बाढीपहिरोले गर्दा एक जना स्थानिय बेपत्ता भएका  थिए  भने बालीनालि सहित नागरिकहरुको करोडौंको क्षतिसमेत भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालबाट उठ्दैछ महिला फुटबलको नयाँ सपना

# विचार/अन्तरबार्ता

११ श्रावण, २०८३

सिमकोट -  हुम्लाको परिचय प्रायः दुर्गमता, हिमाल, सीमावर्ती भूगोल र पूर्वाधार अभावसँग जोडिन्छ। तर यस पटक यो हिमाली जिल्ला अर्को कारणले चर्चामा आउन

जनताको हातमा नपरेको विकास

# विचार/अन्तरबार्ता

१० असार, २०८१

हुम्ला -  विकासको आधुनिक व्याख्या र मान्यताअनुरुप नेपालमा विकास गर्न लागेको धेरै भएको छैन । दुर्गम कणर्ाली प्रदेश लाई सुगम बनाउने र गाउँलाई शहरमा

खार्पुनाथ मन्दिर, महिमा र महत्व

# विचार/अन्तरबार्ता

१५ मङ्सिर, २०८०

यो संसार शक्ति र भक्तिले चलिरहेको छ । शक्ति र भक्तिको मूल केन्द्र भगवान् हुन् । यो सृष्टि नै भगवान् ब्रह्मा, विष्णु र महेश्वरको नाम र कामसँग जोडिएको छ ।

फोटो ग्यालरी