कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि नेता शाहीको आह्वान
हुम्ला — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशन अन्तर्गत हुन लागेको वडा अधिवेशनमा सक्रिय, संयमित र जिम्मेवार ढंगले सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
आगामी असोज ३ र ४ गते देशभर वडा अधिवेशन हुँदैछ। कांग्रेसको परिमार्जित कार्यतालिका अनुसार ६ हजार ७ सय ४३ वडामा वडा कार्यसमिति निर्वाचन तथा क्षेत्रीय प्रतिनिधि चयन गर्ने कार्यक्रम छ।
नेता शाहीले वडा अधिवेशनलाई नेतृत्व चयन र पद प्राप्तिको प्रतिस्पर्धामा मात्र सीमित नगरी पार्टीको संगठनात्मक जीवन, लोकतान्त्रिक अभ्यास र आपसी सम्बन्धलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
हामीबीच मत फरक हुन सक्छ, रोजाइ फरक हुन सक्छ; तर हाम्रो आन्तरिक सम्बन्ध, आपसी एकता र नेपाली कांग्रेसप्रतिको निष्ठामा कहिल्यै आँच आउनु हुँदैन, शाहीले भनेका छन्।
वडा तह पार्टी संगठनको आधार भएकाले अधिवेशनलाई मर्यादित, सौहार्दपूर्ण र लोकतान्त्रिक वातावरणमा सम्पन्न गर्न सबै पक्षबीच संयम, संवाद र सहकार्य आवश्यक रहेकाले व्यक्तिगत प्रतिस्पर्धाभन्दा संगठनको दीर्घकालीन हितलाई केन्द्रमा राखेर अधिवेशनमा सहभागी हुन उनले आग्रह गरेका छन्।
कांग्रेसभित्र अधिवेशन प्रक्रियालाई लिएर विभिन्न धारणा सार्वजनिक भइरहेका बेला शाहीसहित ३१ जना नेताले यसअघि पार्टीभित्र संवाद, सहमति र एकताका लागि दुवै पक्षलाई अपिल गरेका थिए।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्तालाई पार्टीको विधान, निर्वाचन निर्देशिका र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्दै संगठनको गरिमा कायम राख्दै फरक विचार र रोजाइलाई सम्मान गर्दै आपसी विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सके अधिवेशनले पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन योगदान पुर्याउने उनको भनाइ छ।
कांग्रेसको पछिल्लो कार्यतालिका अनुसार वडा अधिवेशन पछि गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते, प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यक्रम रहेको छ।
हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली
हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१
हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता




प्रतिकृया दिनुहोस