• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ११:०३

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

|

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित वर्षासँगै पहिरो, गेग्रान बहाव, सडक अवरोध र बाढीको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले नागरिकलाई सचेत रहन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन विशेष मौसम बुलेटिनका आधारमा जिल्ला प्रशासन कार्यालय हुम्लाले विशेष सूचना जारी गर्दै सम्भावित प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदी तथा खोलाका तटीय क्षेत्र, गेग्रान बहावको जोखिम भएका स्थान तथा पहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सावधानी अपनाउन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

भारी वर्षाका कारण ग्रामीण सडकमा पहिरो खस्ने, सडक अवरुद्ध हुने तथा यातायात सेवा प्रभावित हुन सक्ने भन्दै प्रशासनले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न समेत आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था आएमा सडक तथा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा सुन्न आग्रह गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रवीर शाहीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै हुम्लाका सातवटै गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई ‘अलर्ट’ अवस्थामा रहन निर्देशन दिइएको छ। विपद् वा आपत्कालीन अवस्था सिर्जना भए तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुने गरी आवश्यक तयारीसमेत गरिएको उनले बताए।

उनका अनुसार भारी वर्षाका कारण कुनै विपद् वा आपत्कालीन अवस्था सिर्जना भएमा नागरिकले तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्नुपर्नेछ। जोखिमयुक्त स्थानमा रहेका नागरिकले समयमै सुरक्षित स्थानतर्फ सर्न र बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सम्बन्धित सरकारी निकाय तथा स्थानीय तहलाई समेत पूर्वतयारी अवस्थामा रहन र आवश्यक परे तत्काल उद्धार तथा राहतमा परिचालन हुन निर्देशन दिएको छ।

प्रशासनले ‘विपद् आएपछि उद्धार गर्नेभन्दा जोखिम आउनुअघि नै सावधानी अपनाउनु सुरक्षित हुन्छ’ भन्ने सन्देशसहित नागरिकलाई सचेत रहन आग्रह गरेको छ। विशेषगरी नदी–खोला आसपासका बस्ती, पहिरोको जोखिममा रहेका क्षेत्र र ग्रामीण सडकमा यात्रा गर्ने नागरिकले असोज ९ देखि ११ गतेसम्म थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

 

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

कांग्रेस हुम्लाको १५औँ जिल्ला अधिवेशन तयारी तीव्र, प्रतिनिधि छनोटमा समावेशी व्यवस्था लागू हुने

# रास्ट्रिय

२ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेस हुम्लाले १५औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउन शुक्रबार सिमकोटमा जिल्ला

फोटो ग्यालरी

↑