• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ११:०३

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

|

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली क्षेत्रमा यस वर्षको पहिलो हिमपात सुरु भएका बेला तल्लो क्षेत्रमा वर्षा जारी छ । आगामी तीन दिन भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि पहिरो, गेग्रान बहाव, बाढी र सडक अवरोधको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

शुक्रबार मध्यरातदेखि वर्षा सुरु भएपछि नाम्खा गाउँपालिका–५ को नारा, वडा नम्बर ६ को न्यालुलगायत पाँच हजार मिटर आसपासका क्षेत्रमा बिहानैदेखि हिमपात भएको हो । नाम्खा–५ का वडाध्यक्ष पाल्जोर लामाका अनुसार नारा लेक र त्यस आसपासका उच्च क्षेत्रमा हल्का हिमपात भइरहेको छ। नारा लेकभन्दा माथिल्लो क्षेत्रमा समेत हिउँ परेको उनले बताए।

नाम्खाको लिमी, चाला र न्यालु आसपासका उच्च भेगमा समेत हिमपात भएको छ। सदरमुकाम सिमकोट आसपासका मिनि सैपाल हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिउँ परेको स्थानीयले बताएका छन्।

उच्च क्षेत्रमा हिमपात भइरहेका बेला तल्लो क्षेत्रमा भइरहेको वर्षाले ग्रामीण सडक र कर्णाली करिडोरमा थप जोखिम निम्त्याउन सक्ने देखिएको छ। वर्षाको मात्रा बढेमा पहिरो तथा गेग्रान सडकमा खस्ने, खोलानालामा पानीको बहाव बढ्ने र यातायात अवरुद्ध हुन सक्ने जोखिम छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले पहिरो, गेग्रान बहाव, बाढी तथा सडक अवरोधबाट हुन सक्ने क्षतिप्रति सचेत रहन आग्रह गरिएको हो। प्रशासनले जोखिमयुक्त क्षेत्र, नदी तथा खोला किनार र पहिरोको सम्भावना भएका सडकमा अनावश्यक आवतजावत नगर्नसमेत आग्रह गरेको छ।

हिमपातले भने उच्च भेगको जनजीवनमा चिसोको जोखिम थपेको छ। लिमी, चाला, नारा र न्यालु क्षेत्रमा रहेका गोठ तथा चरन क्षेत्रमा हिमपातको असर पर्न सक्ने स्थानीय बताउँछन्। चिसो बढेसँगै पशुचौपाया जोगाउनेदेखि हिमाली बाटो हुँदै हुने आवतजावतसम्म प्रभावित हुन सक्ने अवस्था बनेको छ।

गत वर्ष हुम्लामा असोज २४ गते पहिलो हिमपात भएको थियो। यस वर्ष भने त्यसअघि नै उच्च क्षेत्रमा हिउँ परेको हो। पहिलो हिमपातसँगै चिसो बढेपछि हिमाली बस्तीमा जाडोयामको तयारीसमेत थाल्नुपर्ने अवस्था आएको छ।

मौसमको पछिल्लो अवस्थाले हुम्लामा एकैपटक दुईतर्फी जोखिम देखाएको छ—उच्च क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा भारी वर्षाको  मात्रा बढ्दै गएमा यसको असर सडक, यातायात, पशुपालन र दुर्गम बस्तीको दैनिक जनजीवनमा पर्न सक्ने देखिएको छ।

प्रतिकृया दिनुहोस

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

कांग्रेस हुम्लाको १५औँ जिल्ला अधिवेशन तयारी तीव्र, प्रतिनिधि छनोटमा समावेशी व्यवस्था लागू हुने

# रास्ट्रिय

२ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेस हुम्लाले १५औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउन शुक्रबार सिमकोटमा जिल्ला

फोटो ग्यालरी

↑