• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ११:०३

कांग्रेस हुम्लाको १५औँ जिल्ला अधिवेशन तयारी तीव्र, प्रतिनिधि छनोटमा समावेशी व्यवस्था लागू हुने

|

हुम्ला — नेपाली कांग्रेस हुम्लाले १५औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउन शुक्रबार सिमकोटमा जिल्ला तहका नेताहरूको उपस्थितिमा पूर्वतयारी बैठक गरिएको छ।

जिल्ला सभापति मोहनविक्रम सिंहको अध्यक्षतामा बीपी स्मृति भवन, सिमकोटमा भएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, संघीय सांसद जयपति रोकाया, प्रदेश सांसद विजया बुढा, जिल्ला निर्वाचन अधिकृत दामोदर खरेललगायत जिल्लास्तरिय नेताहरू सहभागी थिए। बैठकमा वडा अधिवेशन, क्षेत्रीय प्रतिनिधि छनोट, निर्वाचन प्रक्रिया तथा आगामी जिल्ला अधिवेशनका लागि संगठनात्मक तयारीबारे छलफल भएको कांग्रेस हुम्लाका सचिब कृष्ण बोहोराले जनाएका छन।

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला हुम्लामा पनि प्रतिनिधि छनोटलाई विधानअनुसार व्यवस्थित गर्ने तयारी गरिएको हो। विशेषगरी वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिमा महिला तथा विभिन्न समावेशी समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।

कांग्रेस विधानमा महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, मधेसी दलित, थारू, मुस्लिम, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रलगायत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ। सम्बन्धित वडाको जनसंख्याको बनोटलाई आधार मानेर समावेशी प्रतिनिधित्व कायम गर्नुपर्ने प्रावधानले यसपटकको वडा अधिवेशनलाई थप महत्वपूर्ण बनाएको छ।

१५० वा त्यसभन्दा कम क्रियाशील सदस्य भएको वडाबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन महिलासहित श्रमिक वा पेसागत क्षेत्रको प्रतिनिधित्वसमेत हुने गरी नौ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ। ३० वर्ष ननाघेका युवामध्ये कम्तीमा एक महिलासहित तीन जना युवा प्रतिनिधि निर्वाचित हुने प्रावधान पनि छ।

त्यसैगरी १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा क्रियाशील सदस्यको संख्याका आधारमा प्रतिनिधि थपिने व्यवस्था छ। प्रत्येक थप १५० क्रियाशील सदस्य बराबर दुई महिला र एक युवासहित छ जना प्रतिनिधि थपिने तथा प्रतिनिधिको कुल संख्या ५५ भन्दा बढी नहुने व्यवस्था कांग्रेसले उल्लेख गरेको छ।

दलित तथा अपांगता भएका क्रियाशील सदस्यबाट समेत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रावधानले वडा तहबाटै कांग्रेसको आगामी नेतृत्व संरचनाको स्वरूप निर्धारण गर्नेछ। वडा सभापति स्वतः क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुने भएकाले वडा अधिवेशन कार्यसमिति चयनमा मात्र सीमित रहने छैन।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज ३ र ४ गते स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्ने तयारी छ। त्यसपछि असोज ७ गते गाउँ–नगरपालिका अधिवेशन तथा असोज १० गते प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने मिति भने यथावत् राखिएको कांग्रेसले जनाएको छ।

जिल्ला र प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका भने केन्द्रीय महाधिवेशनपछि तय गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।

हुम्लामा अबको मुख्य चुनौती भने वडा तहमा रहेका क्रियाशील सदस्यको वास्तविक संख्या यकिन गर्नुका साथै प्रतिनिधि छनोटलाई पारदर्शी र विधानसम्मत बनाउनु हुनेछ। भौगोलिक विकटता, सीमित यातायात सुविधा र वडा तहमा हुने आन्तरिक प्रतिस्पर्धाबीच अधिवेशन प्रक्रिया निष्पक्ष ढंगले सम्पन्न गराउने जिम्मेवारी जिल्ला नेतृत्व र निर्वाचन अधिकृतमाथि परेको छ।

 

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

फोटो ग्यालरी

↑