• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : ११:०३

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

|

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१ वडामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको नेपाली कांग्रेस हुम्लाले जनाएको छ।  अहिले सम्म अधिबेसन सम्पन्न भएका गाउँपालिका र वडा तहमा नेतृत्व सर्वसम्मत रूपमा चयन भएको कांग्रेस हुम्लाले जनाएको छ।  अधिवेशनबाट स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै हुम्ला कांग्रेसको संगठनात्मक संरचना पुनर्गठनको प्रक्रिया अघि बढेको छ। गाउँपालिका तथा वडा तहमा निर्वाचित नेतृत्वले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउने जिम्मेवारी पाएका छन।

अधिवेशन सम्पन्न भएका गाउँपालिकामध्ये नाम्खामा पेमा लामा, सिमकोटमा बलबिर शाही, खार्पुनाथमा बसन्त शाही, सर्केगाडमा सुबास रावत, अदानचुलीमा जीवन बुढा र ताँजाकोटमा रणबहादुर रिठाल गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका छन् । चंखेली गाउँपालिकामा भने सभापति चयनका लागि छलफल भइरहेको कांग्रेस हुम्लाले जनाएको छ। पार्टीका अनुसार सभापति चयनका विषयमा आज छलफल भइरहेको र सम्भवतः साँझसम्म नेतृत्व टुंगो लाग्ने बताईएको छ ।

यसै गरी जिल्ला भरिका वडा तहमा पनि सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ। नाम्खा गाउँपालिकाका ६ वडामध्ये वडा नं. ६ लिमिबाहेक पाँच वडामा वडा सभापति चयन भएका छन् । वडा नं. १ मा बहादुर तामाङ, २ मा दावा लामा, ३ मा तोप्देन लामा, ४ मा ओङदुइ तामाङ र ५ मा हिताम लामा चयन भएका छन् ।  सिमकोट गाउँपालिकाका आठै वडामा नेतृत्व चयन भएको छ। वडा नं. १ मा रुपसिंह भण्डारी, २ मा अदन भण्डारी, ३ मा छिरिङताम्बा लामा, ४ मा देबजन शाही, ५ मा लोकजन रोकाया, ६ मा मोहन रोकाया, ७ मा नाग्मल शाही र ८ मा मानबहादुर शाही वडा सभापतिमा चयन भएका छन्।

यस्तै खार्पुनाथ गाउँपालिकाका पाँच वडामध्ये वडा नं. १ मा लालबिर बुढा, ४ मा लोगराज उपाध्याय र ५ मा चतुरसिंह रोकाया वडा सभापतिमा चयन भएका छन्। वडा नं. २ र ३ मा भने नेतृत्व चयन हुन बाँकी रहेको छ। भने सर्केगाड गाउँपालिकाका आठै वडामा पनि अधिवेशन सम्पन्न भएको छ। वडा नं. १ मा अदान सिंह, २ मा जुन थापा, ३ मा छिरिङ फडेरा, ४ मा खडक सावद, ५ मा दन्त शाही, ६ मा चन्द्रबहादुर शाही, ७ मा प्यरिलाल जैशी र ८ मा ठानबहादुर रोकाय वडा सभापतिमा चयन भएका छन्।

चंखेली गाउँपालिकाका छ वटै वडामा नेतृत्व चयन भएको छ। वडा नं. १ मा नरजङ बुढा, २ मा हरिलाल जैसी, ३ मा वर्ष ऐडी, ४ मा राजबहादुर रावल, ५ मा जनकबहादुर तामाङ र ६ मा हस्तबहादुर बुढा चयन भएका छन् । अदानचुली गाउँपालिकाका सबै छ वडामा नेतृत्व चयन भएको छ। वडा नं. १ मा शेरबहादुर बुढा, २ मा दलु भण्डारी, ३ मा बलि भियाल, ४ मा किशोर बुमी, ५ मा जिम्मा कडारा र ६ मा हरिचन्द्र बुढा वडा सभापतिमा चयन भएका छन्।

ताँजाकोट गाउँपालिकाका पाँचै वडामा नेतृत्व चयन भएको छ। वडा नं. १ मा राजबहादुर रिठाल, २ मा हेमराज जैशी, ३ मा कलबहादुर शाही, ४ मा बलबहादुर बुढा र ५ मा वीरचन्द्र बुढा वडा सभापतिमा चयन भएका छन्।

हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिका र ४४ वडामध्ये ४१ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। अब चंखेली गाउँपालिकाको गाउँपालिका सभापति तथा तीन वडा तहको नेतृत्व चयन हुन बाँकी रहेको कांग्रेस हुम्लाले जनाएको छ।

स्थानीय तहका अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै पार्टी संगठनलाई आगामी दिनमा थप व्यवस्थित र सक्रिय बनाउने चुनौती कांग्रेस नेतृत्वसामु आएको छ। नवनिर्वाचित नेतृत्वले पार्टीको विधान, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनात्मक अनुशासनलाई कायम राख्दै जनताका सवालमा प्रभावकारी रूपमा काम गर्नुपर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहको अधिवेशनलाई कांग्रेसको संगठन सुदृढीकरण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ। बाँकी तहमा समेत अधिवेशन सम्पन्न भएपछि हुम्लामा कांग्रेसको स्थानीय संगठनात्मक संरचना पूर्ण हुने बताइएको छ।

 

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

कांग्रेस हुम्लाको १५औँ जिल्ला अधिवेशन तयारी तीव्र, प्रतिनिधि छनोटमा समावेशी व्यवस्था लागू हुने

# रास्ट्रिय

२ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेस हुम्लाले १५औँ जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढाउन शुक्रबार सिमकोटमा जिल्ला

फोटो ग्यालरी

↑