कांग्रेस अधिवेशन नजिकिँदै गर्दा सांसद रोकाया हुम्लामा
हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिवेशन प्रक्रिया अघि बढ्नै लाग्दा हुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जयपति रोकाया लामो समयपछि गृहजिल्ला हुम्ला पुग्नुभएको छ। असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुने भएपछि जिल्लामा कांग्रेसको संगठनात्मक गतिविधि पनि बढ्न थालेको छ।
रोकायाको हुम्ला आगमनलाई पार्टीको अधिवेशन तयारीसँगै जिल्लाका नेता–कार्यकर्ता तथा क्रियाशील सदस्यसँगको भेटघाट र संगठनात्मक छलफलका रूपमा हेरिएको छ। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलोपटक लामो समय गृहजिल्लामा रहने गरी पुग्नुभएका रोकायाले अधिवेशन प्रक्रिया र संगठनका विषयमा जिल्लाका नेता–कार्यकर्तासँग छलफल गर्ने तयारी गर्नुभएको सचिबालय श्रोतले जनाएको छ।
यसअघि २ कार्यकाल नेपाली कांग्रेस हुम्लाको जिल्ला सभापतिसमेत भैसकेका नेता रोकाया नेपाली कांग्रेसको केन्द्रीय तहमा महाधिवेशनलाई लिएर संवाद, सहमति र सहभागिताको प्रयास भएसंगै सभापति गगनकुमार थापाले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन पार्टीका क्रियाशील सदस्य, नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
हुम्लामा भने वडा तहदेखि सुरु हुने अधिवेशनले पार्टीको आगामी जिल्ला तथा केन्द्रीय प्रतिनिधित्वको आधार तयार गर्ने भएकाले अधिवेशनलाई महत्वका साथ हेरिएको छ। रोकायाको जिल्ला आगमनसँगै हुम्ला कांग्रेसको संगठनात्मक अवस्था, अधिवेशनको तयारी र आगामी नेतृत्व तथा प्रतिनिधित्वका विषयमा जिल्लास्तरमा छलफल तीव्र हुने देखिएको छ।
कांग्रेसको संशोधित कार्यतालिकाअनुसार असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम छ।
हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली
हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१
हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता




प्रतिकृया दिनुहोस