• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : १२:०१

पहिरोले कर्णाली करिडोरको ग्युसी–खार्पु सडक अवरुद्ध

|

हुम्ला — लगातारको वर्षापछि कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–६ ग्युसीदेखि खार्पुनाथ गाउँपालिका–५ खार्पुसम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। कतिपय ठाउँमा पहिरोले सडक पूरै पुरिएको छ भने केही खण्डमा सडक साँघुरिएपछि जोखिम मोलेर सवारीसाधन सञ्चालन भइरहेका छन्।

कार्यालयको कामका लागि सदरमुकाम सिमकोट आएका चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीका अनुसार ग्युसीदेखि खार्पुसम्मको सडकका विभिन्न ठाउँमा माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो खसेको छ । उनका अनुसार सडक अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधनलाई आवतजावतमा समस्या भएको बताएका छन।

पहिरोका कारण दक्षिणी हुम्लाबाट सदरमुकाम सिमकोटतर्फ आउने–जाने यात्रु प्रभावित भएका छन्। करिडोर हुँदै खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी हुने भएकाले सडक अवरोध लम्बिए आपूर्ति व्यवस्थासमेत प्रभावित हुन सक्ने व्यवसायीहरूको भनाइ छ।

वर्षा जारी रहेकाले सडकको अन्य खण्डमा समेत पहिरो खस्ने जोखिम छ। सडक खुलाउन तत्काल पहिरो पन्छाउन मेसिन सहित प्राबिधिक स्टेनबाई अवस्था रहे पनि लगातारको वर्षाले काम गर्न कठिनाइ भएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख ईन्जिनियर बेलबहादुर नेपालीले बताएका छन।

कर्णाली करिडोर हुम्लाको बाहिरी जिल्लासँगको प्रमुख स्थलमार्ग हो। वर्षायाममा पहिरोका कारण करिडोर पटक–पटक अवरुद्ध हुँदा यातायातसँगै जिल्लाको आपूर्ति व्यवस्था प्रभावित हुँदै आएको छ। स्थानीयले जोखिमयुक्त स्थानमा पहिरो नियन्त्रण तथा पानी निकासको दीर्घकालीन व्यवस्था गर्न माग गरेका छन्। 

करिडोर पटक–पटक अवरुद्ध हुने सडकबाट बाह्रै महिना भरपर्दो सडकमा रूपान्तरण गर्न नसकिए हुम्लाको सडक पहुँच र आपूर्ति प्रणाली अझै प्राकृतिक विपत्तिको जोखिममै रहने देखिन्छ।

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

फोटो ग्यालरी

↑