बी.पी.को विचारलाई व्यवहारमा उतार्न जोड, भावी पुस्ताको भूमिकामाथि कांग्रेसमा गहन बहस
हुम्ला - ४४औँ बी.पी. स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति हुम्लाले "नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी पुस्ता" विषयक विशेष टेबल संवाद कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम नेपाली कांग्रेस हुम्लाका कार्यवाहक सभापति कैलाश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जननायक विश्वेश्वरप्रसाद (बी.पी.) कोइरालाको राजनीतिक दर्शन, प्रजातान्त्रिक समाजवाद, लोकतान्त्रिक मूल्य–मान्यता तथा समकालीन सन्दर्भमा नेपाली कांग्रेसको भूमिका सम्बन्धमा गहन छलफल गरिएको थियो।
नेपाली कांग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाका अनुसार कार्यक्रममा नेपाली कांग्रेसको वर्तमान अवस्था, संगठन सुदृढीकरण, नेतृत्व विकास, युवापुस्ताको सहभागिता तथा भावी पुस्ताले पार्टीलाई थप सशक्त र जनमुखी बनाउन निर्वाह गर्नुपर्ने भूमिकाबारे सहभागीहरूबीच अन्तरक्रिया र विचार–विमर्श भएको थियो।
वक्ताहरूले बी.पी. कोइरालाले प्रतिपादन गरेका लोकतन्त्र, राष्ट्रियता, समाजवाद, मानव स्वतन्त्रता र सामाजिक न्यायका आदर्श आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै ती विचारलाई व्यवहारमा उतार्दै संगठनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले पार्टीभित्र वैचारिक स्पष्टता, आन्तरिक लोकतन्त्र, युवाको नेतृत्व विकास र जनतासँगको निरन्तर सम्बन्ध सुदृढ गर्नु आजको प्रमुख आवश्यकता भएको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता–कार्यकर्ता, जनप्रतिनिधि, शुभेच्छुक, बुद्धिजीवी, शिक्षक, युवा, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा लोकतन्त्रप्रति आस्था राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले बी.पी.को स्मृति दिवसलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नराखी उहाँका विचार र आदर्शलाई व्यवहारमा कार्यान्वयन गर्दै लोकतान्त्रिक संस्कृतिको सुदृढीकरण र भावी पुस्तालाई वैचारिक रूपमा तयार पार्न यस्ता संवाद कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा
# रास्ट्रिय
११ श्रावण, २०८३
हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
# रास्ट्रिय
९ श्रावण, २०८३
हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको
शिक्षक हराए, राज्य निदायो !
# रास्ट्रिय
७ श्रावण, २०८३
हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा
.jpeg)



प्रतिकृया दिनुहोस