पुस्तौँदेखिको परम्परा जोगाउँदै हुम्लामा दुबाटु (गौरा) पर्व
हुम्ला — हुम्लाका ठकुरी बस्तीमा पुस्तौँदेखि मनाउँदै आएको दुबाटु (गौरा) पर्व आजदेखि सुरु भएको छ। धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक एकताको प्रतीक मानिने यो पर्व सुरु भएसँगै जिल्लाका विभिन्न ठकुरी बस्तीमा चहलपहल बढेको छ।
खोल्सी, चैगानफया, डाँडाफया, हिल्दुम, छिप्रा, खर्पेलगाउँ, प्युस, लाली, साँया गोठी र रोडिकोट लगायतका बस्तीमा स्थानीयले परम्परागत विधि अनुसार गौरा पर्व आजबाट सुरू भएको छ । पर्वका अवसरमा महादेब र गौरा देवीको पूजा–आराधना, व्रत तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि गरि दुबाटु (गौरा) पर्व मनाईन्छ ।
स्थानीय परम्परामा गौरा पर्वलाई भगवान् शिव र गौरीसँग जोडिएको आस्था तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामना गर्ने पर्वका रूपमा लिइन्छ। पर्वमा देउडा खेल्ने, आफन्त तथा इष्टमित्र भेला हुने र सामूहिक रूपमा धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने चलन छ।
स्थानीयका अनुसार दुबाटु केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन। पुर्खाबाट हस्तान्तरण हुँदै आएको संस्कृति, सामाजिक सम्बन्ध र सामुदायिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने माध्यम पनि हो। आधुनिक जीवनशैलीको प्रभाव बढिरहेका बेला मौलिक पर्वको निरन्तरताले स्थानीय सांस्कृतिक पहिचान संरक्षणमा समेत भूमिका खेलेको छ।
पर्वका क्रममा गाउँबस्तीमा आफन्त र समुदायबीच भेटघाट तथा शुभकामना आदानप्रदान हुने भएकाले सामाजिक सद्भाव अभिवृद्धिमा समेत यसको महत्व रहेको स्थानीय बताउँछन्। दुबाटु (गौरा) पर्वले हुम्लाको मौलिक संस्कृति र परम्पराको निरन्तरतालाई समेत उजागर गर्दै आएको छ।
हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली
हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१
हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
# रास्ट्रिय
९ असोज, २०८३
हुम्ला — असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता




प्रतिकृया दिनुहोस