• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : १२:००

२५ वर्षे यात्रामा भिमसेन आधारभूत विद्यालय, विद्यार्थी प्रतिभादेखि आर्थिक पारदर्शितासम्म

|

हुम्ला — सिमकोट गाउँपालिका–५ स्थित भिमसेन आधारभूत विद्यालयले २५ वर्षे शैक्षिक यात्रा पूरा गरेको अवसरमा २५औँ अभिभावक दिवस तथा रजत जयन्ती मनाएको छ। समारोहमा विद्यार्थीले सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए भने विद्यालयले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकजन रावतको अध्यक्षता तथा पूर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा समारोह भएको हो। शाहीले वार्षिकोत्सवको ब्यानर पढेर समारोह उद्घाटन गरेका थिए ।

समारोहमा प्रतिनिधि सभा सदस्य जयपति रोकाया, कर्णाली प्रदेशका पूर्वजलस्रोत तथा ऊर्जा बिकास मन्त्री विजया बुढा, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायालगायत शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि र स्थानीयवासीको सहभागिता रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले २५ वर्षको शैक्षिक यात्रामा विद्यालयले ज्ञान, संस्कार र गुणस्तरीय शिक्षाका क्षेत्रमा पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रमुख आतिथ्यता प्रदान गर्ने अवसर दिएकोमा विद्यालय परिवारप्रति कृतज्ञता व्यक्त गरेका छन ।  विद्यालयको आगामी शैक्षिक, प्रशासनिक र भौतिक विकासले थप गति लिनुपर्ने र विद्यालयलाई आगामी दिनमा उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गर्न शुभकामना दिँदै शाहीले रजत जयन्ती समारोहको सफलताको कामना गरेका छन ।

प्रधानाध्यापक कालीबहादुर शाहीले समारोहमा अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकलाई स्वागत गर्दै आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण प्रस्तुत गरे। वार्षिकोत्सवमा आय–व्यय सार्वजनिक गरिनुलाई विद्यालयको आर्थिक गतिविधिलाई अभिभावक र सरोकारवालामाझ पारदर्शी बनाउने अभ्यासका रूपमा प्रस्तुत गरिएको थियो।

२५ वर्ष पूरा गरेको विद्यालयले रजत जयन्तीमार्फत आफ्नो विगतको यात्रा स्मरणसँगै आगामी शैक्षिक विकास र संस्थागत सुधारतर्फको प्रतिबद्धता सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

फोटो ग्यालरी

↑