• १२ श्रावण २०८३ मंगलबार/ Tuesday 7-28-2026
  • स्टुडियो टाईम : ०९:२९

नाम्खा–२ केर्मीमा नेपाल टेलिकमको 4G सेवा सञ्चालन, दुर्गम बस्ती डिजिटल सञ्जालमा जोडिँदै

|

हुम्लानाम्खा गाउँपालिका–२, केर्मीमा सोमबारदेखि नेपाल टेलिकमको 4G मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यससँगै हुम्लाको दुर्गम हिमाली क्षेत्रका केर्मी र चालाका बासिन्दाले पहिलो पटक उच्च गतिको मोबाइल इन्टरनेट सेवामा सहज पहुँच पाएका छन्।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाको निरन्तर पहल, प्रभावकारी समन्वय र सक्रिय नेतृत्वका कारण नाम्खा–२ केर्मी र नाम्खा–४ चालामा 4G सेवा विस्तार सम्भव भएको नाम्खा गाउँपालिकाले जनाएको छ । लामो समयदेखि गुणस्तरीय दूरसञ्चार सेवाबाट वञ्चित स्थानीय नागरिकका लागि यो सेवा सञ्चालन हुनु गाउँपालिकाको डिजिटल विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

4G सेवा सञ्चालनमा आएपछि केर्मी र चालाका स्थानीय बासिन्दाले छिटो, सहज र भरपर्दो इन्टरनेट सेवाको उपयोग गर्न सक्नेछन्। यसबाट अनलाइन शिक्षा, टेलिमेडिसिन तथा स्वास्थ्य सेवा, डिजिटल बैंकिङ, व्यापार–व्यवसाय, सरकारी अनलाइन सेवा, सूचना आदान–प्रदान तथा सञ्चार पहुँच थप प्रभावकारी बन्ने अपेक्षा गाउँपालिकाले गरेको छ।

दुर्गम भूगोलका कारण आधारभूत सञ्चार सेवामा समेत कठिनाइ भोग्दै आएका स्थानीयवासीका लागि 4G सेवा सञ्चालनले डिजिटल विभाजन घटाउने, सेवा प्रवाहलाई सहज बनाउने तथा आर्थिक–सामाजिक गतिविधिलाई गति दिने विश्वास गरिएको छ।

गाउँपालिकाले यस महत्वपूर्ण कार्यलाई सफल बनाउन सहयोग पुर्‍याउने नेपाल टेलिकम, सम्बन्धित सरकारी निकाय, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सम्पूर्ण व्यक्ति एवं संस्थाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

स्थानीय सरकारले सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तारलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै आगामी दिनमा गाउँपालिकाका अन्य बस्तीहरूमा समेत गुणस्तरीय दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक पहललाई निरन्तरता दिने जनाएको छ।

 

प्रतिकृया दिनुहोस

पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा

# रास्ट्रिय

११ श्रावण, २०८३

हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा 

# रास्ट्रिय

९ श्रावण, २०८३

हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको

शिक्षक हराए, राज्य निदायो !

# रास्ट्रिय

७ श्रावण, २०८३

हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा

फोटो ग्यालरी