बाजुरा जीप दुर्घटनाले नेपाली काँग्रेस ताँजाकोटका गाउँपालिका सचिव बुढाको मृत्यु
सिमकोट— बाजुराको हिमाली गाउँपालिकामा सोमबार भएको जीप दुर्घटनामा परी नेपाली कांग्रेस हुम्ला ताँजाकोट गाउँपालिकाका सचिव अमरसिंह बुढा (आउस्या) को मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जनाको पनि ज्यान गएको छ भने सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब १:२५ बजे हिमाली गाउँपालिका–५ अन्तर्गत किउडी–कुवाडी सडकखण्डमा धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १४७८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। दुर्घटनामा चालकसहित नौ जना घाइते भएका थिए।
गम्भीर घाइते भएका हुम्लाको ताँजाकोट गाउँपालिका–५ लोटपाताका ४० वर्षीय बुढालाई हिमाली गाउँपालिकाको एम्बुलेन्समार्फत कोल्टी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा सोमबार साँझ ५:५० बजे उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
उक्त दुर्घटनामा हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढाको पनि उपचारका क्रममा मृत्यु भएको छ। अन्य घाइतेहरूको कोल्टी अस्पताल तथा आवश्यकताअनुसार थप उपचारका लागि अन्यत्र व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेस ताँजाकोट गाउँपालिका सभापति कृष्ण मल्लका अनुसार बुढा पार्टीको ताँजाकोट गाउँपालिका सचिवका रूपमा सक्रिय थिए। संगठन विस्तार, गाउँस्तरीय राजनीतिक गतिविधि तथा सामाजिक काममा उनको उल्लेखनीय भूमिका रहेको नेपाली कांग्रेस ताँजाकोट गाउँपालिका सभापति कृष्ण मल्ले बताए ।
बुढाको निधनको खबर सार्वजनिक भएसँगै हुम्लामा शोकको वातावरण बनेको छ। पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
हिमाली क्षेत्रका साँघुरा, कच्ची र जोखिमयुक्त सडकमा हुने सवारी दुर्घटनाले हरेक वर्ष मानवीय क्षति दोहोरिने गरेको छ। वर्षायाममा सडकको अवस्था झन् जोखिमपूर्ण बन्ने भएकाले सुरक्षित यातायात व्यवस्थापन र सडक पूर्वाधार सुधारको आवश्यकता पुनः उजागर भएको स्थानीयवासी बताउँछन्।
पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा
# रास्ट्रिय
११ श्रावण, २०८३
हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
# रास्ट्रिय
९ श्रावण, २०८३
हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको
शिक्षक हराए, राज्य निदायो !
# रास्ट्रिय
७ श्रावण, २०८३
हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा
.jpeg)



प्रतिकृया दिनुहोस