दुई नयाँ कृतिसहित बसन्ती शाही फेरि पाठकमाझ
हुम्ला - साहित्य सर्जकका लागि प्रत्येक नयाँ पुस्तक केवल प्रकाशन होइन, अनुभूति, संघर्ष र समयसँगको संवाद पनि हो। यही संवादलाई निरन्तरता दिँदै कर्णालीकी साहित्यकार बसन्ती शाहीका दुई नयाँ कृति—‘आमा र आँसु’ (कथासंग्रह) र ‘यादका थुङ्गाहरू’ (कवितासंग्रह)—एकैसाथ प्रेस लोकार्पण भएका छन्।
भुँडीपुराण प्रकाशनबाट प्रकाशित यी दुवै कृति केही दिनभित्रै औपचारिक रूपमा बजारमा आउने तयारीमा छन्। कथा र कवितामार्फत मानवीय संवेदना, मातृत्व, नारी जीवन, संघर्ष, प्रेम, स्मृति र कर्णालीको सामाजिक यथार्थलाई अभिव्यक्त गर्दै आएकी शाहीका प्रकाशित कृतिको संख्या अब पाँच पुगेको छ।
यसअघि प्रकाशित ‘आधा जीवन’, ‘समय सकस’ र ‘कर्णालीकी बुहारी’ ले पाठकमाझ आफ्नो छुट्टै स्थान बनाएका थिए। ती कृतिहरूमा जीवनका संघर्ष, सामाजिक यथार्थ र कर्णालीको जनजीवनलाई केन्द्रमा राखिएको थियो।
नयाँ कथासंग्रह ‘आमा र आँसु’ ले मातृत्वको माया, त्याग, विछोड र जीवनका गहिरा अनुभूतिलाई कथाको माध्यमबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।भने ‘यादका थुङ्गाहरू’ कवितासंग्रहमा स्मृति, समय, प्रेम, प्रकृति र जीवनका विविध भावलाई कवितात्मक अभिव्यक्ति दिइएको जनाइएको छ।
कर्णालीको माटो, संस्कृति, सामाजिक परिवेश र महिलाका जीवन–भोगाइलाई आफ्नो सिर्जनाको आधार बनाउँदै आएकी शाहीको लेखनले नेपाली साहित्यमा क्रमशः विशिष्ट पहिचान बनाउँदै गएको साहित्यिक वृत्तको बुझाइ छ। उनका सिर्जनामा स्थानीय जीवनका पीडा, आशा, आत्मविश्वास र मानवीय संवेदनाको जीवन्त चित्रण पाइन्छ।
भुँडीपुराण प्रकाशनका अनुसार प्रेस लोकार्पण सम्पन्न भएका यी कृतिहरू छिट्टै बजारमा उपलब्ध हुनेछन्। नयाँ कृतिको प्रतीक्षामा रहेका पाठक र साहित्यप्रेमीमाझ यी पुस्तकप्रति उत्सुकता बढेको प्रकाशनले जनाएको छ।
समकालीन नेपाली साहित्यमा कर्णालीको स्वरलाई निरन्तर सशक्त बनाउँदै आएकी बसन्ती शाहीका यी दुई नयाँ कृतिले पनि पाठकलाई जीवन, समाज र सम्बन्धका अनेक आयामसँग साक्षात्कार गराउने अपेक्षा गरिएको छ।
पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा
# रास्ट्रिय
११ श्रावण, २०८३
हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
# रास्ट्रिय
९ श्रावण, २०८३
हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको
शिक्षक हराए, राज्य निदायो !
# रास्ट्रिय
७ श्रावण, २०८३
हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा
.jpeg)



प्रतिकृया दिनुहोस