९७.६ प्रतिशत बजेट खर्च गर्दै सामाजिक विकास कार्यालय हुम्लाले रच्यो कीर्तिमान, कर्णालीमै उत्कृष्ट कार्यसम्पादन भएको दाबी
हुम्ला - दुर्गम हिमाली जिल्ला हुम्लामा रहेको सामाजिक विकास कार्यालय ले चालु आर्थिक वर्ष २०८२/०८३ मा ९७.६ प्रतिशत बजेट खर्च गर्दै उल्लेखनीय वित्तीय तथा कार्यक्रमगत प्रगति हासिल गरेको छ। कार्यालयका प्रमुख ईश्वरबहादुर सिंहका अनुसार कुल रु. २१ करोड ८७ लाख २१ हजार बजेटमध्ये ९७.६ प्रतिशत रकम खर्च भइसकेको छ भने २.४ प्रतिशत बजेट मात्र खर्च हुन बाँकी रहेको छ।
हिमाली जिल्लाको विकट भौगोलिक अवस्था, सीमित स्रोत–साधन, प्रतिकूल मौसम र दुर्गम बस्तीहरूमा सेवा प्रवाह गर्नुपर्ने चुनौतीका बीच हासिल भएको यो उपलब्धि योजनाबद्ध व्यवस्थापन, समयमै कार्यक्रम कार्यान्वयन तथा कर्मचारीहरूको समर्पित कार्यशैलीको प्रतिफल भएको प्रमुख सिंहले बताए।
उनका अनुसार प्रारम्भिक वित्तीय प्रगति विवरणका आधारमा सामाजिक विकास कार्यालय हुम्लाको खर्च प्रगति समग्र कर्णाली प्रदेशकै सबैभन्दा उत्कृष्ट रहेको कार्यालयको ठम्याइ छ। यद्यपि उक्त दाबीको औपचारिक पुष्टि प्रदेश सरकारबाट एकीकृत वित्तीय प्रगति विवरण सार्वजनिक भएपछि हुने उनले स्पष्ट पारे।
सामाजिक विकास कार्यालयले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, खेलकुद, युवा तथा सामाजिक विकाससँग सम्बन्धित बिशेष गरि भौतिक पुर्वाबाधार निर्माणका कार्य निर्धारित समयमै कार्यान्वयन गर्दै उच्च बजेट खर्च गर्न सफल भएको जनाएको छ। कार्यालयको यो उपलब्धिले बजेट खर्च मात्र होइन, सार्वजनिक स्रोतको प्रभावकारी परिचालन, सुशासन र परिणाममुखी कार्यसम्पादनमा समेत सकारात्मक सन्देश प्रवाह गरेको सरोकारवालाहरूको भनाइ छ।
आर्थिक वर्षको अन्त्यमा हासिल भएको यो प्रगति दुर्गम हिमाली जिल्लामा पनि दृढ नेतृत्व, प्रभावकारी योजना व्यवस्थापन र कर्मचारीहरूको प्रतिबद्धताका साथ उत्कृष्ट नतिजा हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ। सामाजिक विकास कार्यालय हुम्लाको यो उपलब्धिलाई जिल्लाको विकास प्रशासनमा एउटा उल्लेखनीय कीर्तिमान तथा अन्य कार्यालयका लागि प्रेरणादायी नमूनाका रूपमा हेरिएको छ।
पहिलोपटक सार्वजनिक गरियो वार्षिक प्रगति विवरण; एक वर्षमा २,२९१ नागरिकता, ३,९०३ सीमापास सेवा
# रास्ट्रिय
११ श्रावण, २०८३
हुम्ला - सरकारी निकायप्रति नागरिकको विश्वास अभिवृद्धि गर्दै सार्वजनिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा
# रास्ट्रिय
९ श्रावण, २०८३
हुम्ला — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको
शिक्षक हराए, राज्य निदायो !
# रास्ट्रिय
७ श्रावण, २०८३
हुम्ला —नेपालको संविधानले प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको मौलिक अधिकार सुनिश्चित गरेको छ। हरेक बजेट भाषणमा
.jpeg)



प्रतिकृया दिनुहोस