• २२ असोज २०८३ बिहीबार/ Thursday 10-08-2026
  • स्टुडियो टाईम : १०:००

सर्केगाडमा खानेपानी तथा शौचालय योजनाको पहिलो अनुगमन र सार्वजनिक सुनुवाइ सम्पन्न

|

हुम्ला — हुम्ला जिल्लाको मध्यर् भेगमा पर्ने सर्केगाड गाउँपालिकाका लागि आर्थिक वर्ष २०८२/०८३ का लागि फिनल्यान्ड सरकार, नेपाल सरकार तथा युरोपेली संघको आर्थिक सहयोगमा, सर्केगाड गाउँपालिका र सुस्वा परियोजनाको प्राविधिक सहयोगमा सञ्चालित विभिन्न खानेपानी तथा सरसफाइ योजनाहरूको पहिलो अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
पुस ६ र ७ गते सर्केगाड गाउँपालिका वडा नम्बर ६ अन्तर्गत बराइ र छ्यागि समुदायमा सञ्चालनमा रहेका औल बराइ खानेपानी योजना र ईश्वर आधारभूत विद्यालय शौचालय निर्माण योजना तथा वडा नम्बर ७ अन्तर्गत कोट माध्यमिक विद्यालय खानेपानी योजना को पहिलो चरणको अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको सर्केगाड गाउँपालिका वास संयोजक निलाबिक्रम शाहीले बताए ।


सर्केगाड गाउँपालिका ६ नम्बर वडाका वडा अध्यक्षा पदमकहादुर शाहीको अध्यक्षता, पालिकाका अध्यक्ष ठान बहादुर रोकायाको प्रमुख आतिथ्यता र कार्यक्रमको सर्केगाड गाउँपालिका योजना अनुगमन समितिका संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष देबकी तिमल्सिना रोकाया विशेष अतिथ्यता रहेको उक्त कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरू, सर्केगाड गाउँपालिका वास संयोजक निल विक्रम शाही र गाउँपालिका योजना शाखा प्रमुख पार्वती रोकायालगायत स्थानियबासीको  सहभागिता रहेको थियो।
सर्केगाड ६ र ७ नम्बर वडामा फिनल्यान्ड सरकार, नेपाल सरकार तथा युरोपेली संघको आर्थिक सहयोगमा संचालीत आयोजनाहरुमा ३० लाखको औल बराइ खानेपानी योजना, २५ लाख कोट माध्यमिक विद्यालय (रोडिकोट) खानेपानी योजनाको तथा १० लाख ५० हजार रूपैयाँको ईश्वर आधारभूत विद्यालय शौचालय निर्माण योजनाको अनुगमन तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्नुका साथै यसै अवसरमा उपस्थित स्थानियबासीहरुलाई वास संयोजक शाहीले सर्केगाड गाउँपालिकाका विभिन्न वडाहरूमा महिनावारी व्यवस्थापन, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण र सरसफाइ सम्बन्धी जनचेतनामूलक गतिविधि तथा क्षमता विकास तालिम दिएको सर्केगाड गाउँपालिका वास युनिटले जनाएको छ ।
यसै अबसरमा आर्थिक वर्ष २०७८/०७९ देखि २०८१/०८२ सम्मको कार्यसम्पादन मूल्याङ्कनमा कर्णाली प्रदेशका २८ स्थानीय तहमध्ये सर्केगाड गाउँपालिका सुस्वा परियोजना कार्यक्रम अन्तर्गत निरन्तर रूपमा टप–३ भित्र पर्दै आएको उल्लेख गर्दै, आर्थिक वर्ष २०८१/०८२ मा पनि ९२ प्रतिशत अंक सहित टप–३ भित्र स्थान हासिल गरेको वास संयोजक निल विक्रम शाहीले उपस्थित नागरिकहरुलाई जानकारी गराइएका थिए।

प्रतिकृया दिनुहोस

हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात सुरु, मौषमको पूर्वानुमानसँगै सतर्कता

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — हुम्लामा भारी वर्षासंगै जिल्लाका उच्चस्थानमा हिमपात भएसँगै चिसो बढेको छ, वर्षाले पहिरो र सडक अवरोधको जोखिम थपेको छ। हुम्लाका उच्च हिमाली

हुम्लाका ४१ वडामा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांश नेतृत्व सर्वसम्मत छ गाउँपालिकामा सभापति चयन, चंखेलीको नेतृत्व टुंग्याउन छलफल जारी

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका ७ गाउँपालिकामध्ये ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। जिल्लाका ४४ वडामध्ये ४१

हुम्लामा ३ दिन भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

# रास्ट्रिय

९ असोज, २०८३

हुम्ला —  असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लावासीलाई उच्च सतर्कता

फोटो ग्यालरी

↑